मुख्य समाचार

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान

- केएफएम डेस्ककाठमाडौं

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले केहिदिन यता आन्दोलनरत शिक्षकलाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले तेस्रो पटक वार्ता र संवादका लागि आह्वान गर्नुभएको हो । 

यसअघि चैत २१ र २२ गते पनि शिक्षा मन्त्रालयले वार्ताका लागि शिक्षहरुलाई आह्वान गरेको थियो । मन्त्रालयले भोलि वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुन शिक्षक महासंघलाई पुनः आग्रह गरेको हो ।

 महासंघले भने बैठकबाट वार्तामा जाने नजाने विषयमा निर्णय गर्ने जनाएको छ । त्यसका लागि अहिले बैठक बसीरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री भट्टराईले समेत वार्तामार्फत शिक्षकमा समस्या समाधान गरिने बताउँदै आउनुभएको छ । 


आन्दोलनरत शिक्षकको मागमा प्याब्सन र एनप्याब्सनद्वारा ऐक्यबद्धता

 विरोधमा रहेका शिक्षकहरुको मागमा निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले ऐक्यबद्धता जनाएका छन् । 

 प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुवाष न्यौपानेद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा सम्बन्धित सरोकारवालाबीच आवश्यक छलफल तथा सहकार्य गरी विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न माग गरिएको छ ।