जनमत नपाएका शक्तिले वितण्डा मच्चाएः प्रधानमन्त्री ओली
- काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबाट जनमत प्राप्त गर्न नसकेका शक्तिहरुले वितण्डा मच्चाएर व्यवस्था परिवर्तनको प्रयास गरेको आरोप लगाउनुभएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले आगजनी र तोडफोडमा संलग्नलाई कारवाही गरिने बताउनुभयो । मधेस प्रदेशसभालाई आज सम्वोधन गर्दै उहाँले राजतन्त्र फेरि ल्याउने भनेर विगतमा निरकुंश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेको टिप्पणी गर्नुभयो ।
अर्को प्रसंगमा उहाँले वर्तमान सरकार कसैले चाहाँदैमा नढल्ने बताउनुभयो ।
विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताउनुभयो ।