मुख्य समाचार

रास्वपाद्वारा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण

- केएफएम डेस्क

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पछिल्लो पटक पक्राउ गर्ने क्रममा राज्यको तर्फबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । प्रहरीले लामिछानेलाई गत शुक्रबार राति काठमाडौंको हात्तिगौडास्थित निवासबाट पक्राउ गरेको थियो । 

सोही क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाका नेताहरुले आयोगमा निवेदन दिएका हुन् । सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले लामिछानेको मानवअधिकार उल्लंघन भएकाले त्यसबारे आयोगमा निवेदन दिइएको बताउनुभयो ।

रास्वपाकोे निवेदनमा लामिछाने विरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, तथा शयन कक्षमै पुगेर धरपकड गरेको लगायत विषय समावेश गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।

यसैबीच, सभापति लामिछाने थुनामा परेपछि भावी रणनीति तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक बैठकमा जुटेको छ ।