मुख्य समाचार

चैत १५ को हिंसात्मक घटनाबारे न्यायिक आयोग गठन सरकारको अस्विकार

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनाबारे न्यायिक आयोग गठन गर्नुपर्ने प्रतिपक्षी राप्रपा लगायत दलको मागलाई सरकारले अस्वीकार गरेको छ । 

संसदको कानून समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले नियमित फौजदारी प्रणाली अनुसार कारवाही प्रक्रिया अघि बढेको भन्दै छुट्टै आयोग बनाउन आवश्यक नभएको बताउनुभएको हो ।

यसैबीच समिति बैठकमा बोल्दै सत्तारुढ नेपाली कांगे्रस र एमालेका सांसदहरुले चैत १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत जवाफदेही बनाउन माग गरेका छन् । नेपाली कांग्रेसका सांसद जीवन परियारले सो घटनाबारे बुझ्न पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने बताउनुभयो ।

एमाले सांसद महेश बर्तौलाले चैत १५ गतेको घटनामा पूर्वराजालाई जवाफदेही बनाउन माग गर्नुभयो । राप्रपाका सांसद धु्रववहादुर प्रधानले भने तीनकुने घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताउनुभएको थियो ।