बरहथवाका ११ अस्पतालमा मुख्यमन्त्रीको ताला
- जनकपुरमधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सर्लाहीको बरहथवामा मापदण्ड विपरीत सञ्चालित ११ वटा निजी अस्पताल बन्द गराउनु भएको छ । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड अनुसारका भौतिक संरचना नभएका, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नगरेका ११ अस्पतालमा मुख्यमन्त्री सिंहले ताला लगाउन निर्देशन दिनु भएको हो ।
उहाँले संकट मोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैप्पीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि लगायत अस्पताल बन्द गर्न निर्देशन दिनुभएको हो ।
यस्तै, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय मा“ हेल्थ केयर र बरहथवा पोलिक्लिनिकमा ताला लगाइएको छ ।
बुधबार राति बरहथवास्थित स्वास्थ्य संस्थाको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानूनी प्रावधान विपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिनुभयो ।
बन्द गराइएका स्वास्थ्य संस्थालाई कानून अुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसख्या मन्त्रालयका जस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताउनुभयो । मुख्यमन्त्री सिंहले पछिल्लो समय मधेशमा बग्रल्ती खुलेका निजी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउने अभियान नै थालेको छ ।