संविधान विरोधी गतिविधि स्वीकार्य हुँदैेनः गृहमन्त्री लेखक
- काठमाडौंगृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घघाटन गर्दै गृहमन्त्री लेखकले पूर्वराजावादी वा अन्य कुनै नाममा संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य स्वीकार नसकिने बताउनुभएको हो ।
बलिदानीपूर्ण संघर्षबाट प्राप्त वर्तमान संविधानको रक्षा गर्न तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाई थियो । उहाँले वर्तमान संविधान निर्माणको १० वर्ष पूरा हुँदै गरेको सन्दर्भमा आवश्यक समीक्षा गरी सबै सरोकारवालासँग सहमति कायम गर्दै आवश्यकतानुसार संशोधन र सुधारको प्रयास गरिने उल्लेख गर्नुभयो ।
अर्को प्रसंगमा मन्त्री लेखकले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीको उपस्थिति थियो ।