मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा चितवनको भरतपुरस्थित ६ लेन सडकको उद्घाटन

- रमेशकुमार पौडेलचितवन

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरस्थित ६ लेनको सडकको उद्घाटन गर्नुभएको छ ।

शिलान्यास गर्दा २७ महिनाभित्रै सक्ने भनिए पनि २० महिना ढिला भई ४७ महिनामा काम सम्पन्न भएको पूर्व–पश्चिम राजमार्गको ६ लेनमा विस्तार भएको भरतपुर महानगरपालिका हुँदै जाने सडकको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।

कोरोना महामारीलगायत समस्याले ४७ महिना समय लागेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले बताउनुभयो । १ अर्ब १३ करोड रुपैयाँको लागतमा विस्तारको काम पूरा भएको उहाँले जानकारी दिनुभयो ।