मुख्य समाचार

सरकार संकटमा छैनः गृहमन्त्री लेखक

- केएफएम डेस्ककाठमाडौं

गृहमन्त्री रमेश लेखकले गर्भनर नियुक्ति र अन्य विषयले सरकार संकटमा नरहेको दाबी गर्नुभएको छ ।

पोखरामा आज आयोजित एक कार्यक्रममा मन्त्री लेखकले योग्य व्यक्तिलाई सरकारले गभर्नर छनोट गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकार परिवर्तन हुने नभइ विपक्षी दलले सरकार ढल्दैछ भनेर अभिव्यक्ति दिइरहेको सन्दर्भमा सरकारले प्रतिवाद गरिसकेको टिप्पणी गर्नुभयो ।

यस्तै संविधान संशोधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संयुक्त समिति बनाउने विषयमा सहमति भइसकेको उहाँको भनाई थियो । मन्त्री लेखकले सो समितिमा रहने संख्याबारे दुई दल सहमति नजिक पुगेको बताउनुभयो । त्यस्तै, शिक्षकहरुको माग उचित ढंगले सम्बोधन गरेर निष्कर्षमा पुग्ने मन्त्री लेखकको भनाइ थियो ।

यस्तै, उहाँले समस्याग्रस्त सहकारीको सम्पत्ति कानुनबमोजिम व्यवस्थापन गरेर पीडितलाई रकम दिन सरकारले प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो ।