मुख्य समाचार

चैत १५ को प्रदर्शनमा सरकारी पक्षबाट ज्यादती भयोः राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति

- केएफएम डेस्ककाठमाडौं

राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा सरकारी पक्षबाट ज्यादती भएको दावी गरेको छ ।

काठमाडौमाअ आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले आफूहरुको प्रदर्शन दवाउनका लागि सरकारले मानवअधिकारको समेत गम्भीर उल्लंघन गरेको आरोप लगाउनुभयो ।

सरकारले आफूहरुमाथि ज्यादती गरेपनि आन्दोलनका कार्यक्रम नरोकिने संयुक्त जनआन्दोलन समितिको भनाइ छ । राजसंस्था पुर्नस्थापना नभएसम्म आन्दोलन नरोकिने जनआन्दोलन समितिका संयोजक सुवेदीले बताउनुभयो ।

गत चैत १५ गते भएको राजावादीको प्रदर्शका क्रममा १ सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो ।