मुख्य समाचार

एक साताभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको अभिव्यक्तिप्रति विभिन्न संस्थाको आपत्ति

- केएफएम डेस्ककाठमाडौं

सामाजिक सञ्जाल प्लेटफर्मलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गर्ने सरकारको अभिव्यक्तिप्रति विभिन्न संस्थाले गम्भीर चासो व्यक्त गरेका छन् ।

विभिन्न ३१ वटा सरोकारवाला निकायहरुले विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्ममा लगाउन लागेको अंकुशमाथि सरकारको ध्यानाकर्षण गरेको हो ।

सामाजिक सञ्जाल नियमन पारदर्शी, अधिकारमैत्री र सहभागीमूलक प्रक्रियामार्फत अघि बढाउन सरकार र सरोकारवालालाई आग्रह गरिएको छ । हाल कार्यान्वयनमा रहेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाले प्लेटफर्मलाई नेपालमा दर्ता गर्नुपर्ने व्यवस्था गरेपनि त्यसको कार्यान्वयन तथा जवाफदेहिता सुनिश्चित गर्ने स्पष्ट संयन्त्रको अभाव भएको उनीहरुको भनाइ छ ।

डिजिटल राइट्स नेपाल, अनलाइन टिभी पत्रकार संघ, नेपाल डिजिटल लिड्स, फ्रिडम फोरम तथा सेन्टर फर मिडिया रिसर्च लगायत संस्थाले सरकारको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।