मुलुकमा कुनैपनि संकट छैनः प्रधानमन्त्री ओली
- काठमाडौंप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको संकट नरहेको दाबी गर्नुभएको छ ।
कठमाडौंको बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । हालको परिस्थितिलाई अनुकूल अवसरका रूपमा व्याख्या गर्दै उहाँले एमालेविरुद्ध आक्रमण जारी रहेको बताउनुभएको छ ।
यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रकै नेताहरुले विभाजनको षड्यन्त्र गरेपछि आफूले पार्टी जोगाउन कडा कदम चाल्नु परेको दाबी गर्नुभएको छ । संसदमा अन्य पार्टी सँग मिलेर सरकार ढाल्ने प्रयास भएको र एमालेले रणनीतिक रूपमा कडा निर्णय लिनुपरेको उहाँको भनाई थियो ।