बागमती प्रदेशको बजेट अधिवेशन आज सुरु हुँदै
- मकवानपुरबागमती प्रदेशको बजेट अधिवेशन आज (सोमबार) सुरु हुने भएको छ । प्रदेश सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
सत्तापक्ष र प्रतिपक्ष दलबीचको विवादका कारण हतारोमा हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनको लागि अधिवेशन बोलाएको हो ।
प्रदेश सरकारले आगामी आवका लागि बजेट निर्माणको तयारी गरिरहेको छ ।
बर्खे अधिवेशन सञ्चालनको लागि आइतबार मुख्यमन्त्री बहादुरसिं लामाको सक्रियतामा बसेको सत्तापक्ष र प्रतिपक्ष दलबिचको बैठक निष्कर्षविहीन बनेको छ । जसका कारण आजको बैठकमा विपक्ष दलको अवरोध हुने सम्भावना रहेको छ ।
प्रदेश सभाको पन्ध्रौं अधिवेशन गत चैत २० मा अन्त्य भएको थियो ।