नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
- काठमाडौंपछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठक अहिले केहीबेरमा सुरु हुनेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमाथि पनि प्रश्न उठेपछि मन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला बोलाइएको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ ।
पदाधिकारी बैठकमा सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गर्नुभएको थियो । नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारी मुछिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने अभिव्यक्ति दिनु भएको थियो ।
यस्तै, क्रियाशील सदस्यताका विषयमा छलफलका लागि सभापति देउवाले बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।