मुख्य समाचार

नेपालमा पहिलो पटक लिङ्ग परिवर्तन

काठमाडौं

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले शल्यक्रिया मार्फत् पहिलो पटक एक व्यक्तिको लिङ्ग परिवर्तन गरेको छ । अस्पतालका प्रवक्ता प्राध्यापक डा. गोपाल सेढाइद्वारा जारी विज्ञप्तिमा यसअघि ट्रान्सजेन्डर समुदायको विभिन्न प्रकारका शल्यक्रिया गरेपनि पहिलो पटक लिङ्ग परिवर्तन गरेको जनाइएको छ । जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेण्डरमा गरिएको अपरेशनमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुर्ननिर्माण गरिएको र सो व्यक्तिलाई चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग मिलेको विज्ञप्तीमा उल्लेख छ । 

प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्राध्यापक डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सो शल्यक्रिया सम्पन्न भएको हो । सेक्स चार्ज अपरेशन ट्रान्सजेन्डर व्यक्तिकालागि लैगिंक पहिचान दिने एउटा महत्वपूर्ण उपाय हो । यसअघि यस सुविधाका लागि विदेश जानुपर्ने बाध्यता र धेरै खर्चिलो रहेको भन्दै नेपालमै यो सुविधा उपलब्ध भएसँगै ट्रान्सजेण्डर समुदायलाई राहत मिल्ने अस्पतालले जनाएको छ ।