बीपी राजमार्गमा रातको समय १५ दिन गाडी चलाउन रोक
- काठमाडौंबाढी पहिरोका कारण विभिन्न राजमार्गका सडक खण्ड प्रभावित भएका छन् । यसैक्रममा बीपी राजमार्गमा १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।
काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै आजदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो ।
छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।