मुख्य समाचार

पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दायर मुद्दामा थुनछेक बहस हुँदै

- केएफएम डेस्क

पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर मुद्दामा विशेष अदालतमा बयान सकिएको छ । न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो । 

अबको केहीबेरमा थुनछेक बहस सुरु हुनेछ । त्यस्तै, आजै सुरु भएको बयान छिटो छरितोगरि टुंग्याउने नेता नेपालका कानुन व्यवसायीको योजना छ । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अध्यक्ष नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ ।