मुख्य समाचार

नवलपरासी पूर्वमा सर्पको डसाइबाट एक महिलाको मृत्यु

- रेडियो कान्तिपुर संवाददातानवलपरासी पूर्व

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मध्यविन्दु–६ की ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । 

बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो । 

उनको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको प्रहरीले जनाएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।