पृथ्वीराजमार्गको पूर्वी खण्ड निर्माण सम्पन्न
- तनहुँपृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी–जामुने (पूर्वी) खण्डको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमका बीच सो खण्डमा कालोपत्रेको काम सम्पन्न भएको जनाएको हो । ४१ दशमलव ५ किलोमिटर दूरीको सो खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम भइरहेको सडक योजना (पूर्वी खण्ड)का प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
असार २९ गतेसम्म निर्माण सम्पन्न गनुपर्ने सो सडक खण्डको दमौली बजार क्षेत्रको सर्भिस लेनका साथै अन्य केही स्थानमा स–साना काम भने बाँकी रहेको बताइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी चार लेनमा विस्तारको काम भइरहेको छ ।
२०७७ माघ १७ गते पूर्वी खण्ड विस्तारका लागि ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।