मुख्य समाचार

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको हो । 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्नुहुने कार्यसूची रहेको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । 

स्पेनमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन प्रधानमन्त्री आज त्यसतर्फ जाँदै हुनुहुन्छ । ओली स्पेनको सेभिल्लामा आयोजना हुने ’फोर्थ इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट’ मा सहभागी हुने कार्यक्रम छ ।