पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सक्रिय राजनीतिमा फर्किएको उद्घोष
- काठमाडौंपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको उद्घोष गर्नुभएको छ ।
मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको जनताको बहुदलीय जनबादका तीन दशकका विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनुभएको हो ।
पूर्व राष्ट्रपति भण्डारीले एमालेमा रहेर राजनीतिक यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको बताउनुभयो ।
पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीले राष्ट्र प्रमुखकको रुपमा रहेर समेत दुई कार्यकाल व्यतीत गर्नुभएको थियो । आफ्नो कार्यकालमा मुलुक र जनताको हित हुने गरि काम गरेको उहाँले दाबी गर्नुभयो ।
भण्डारीले राष्ट्र प्रमुखकको जिम्मेवारीपछि आफ्नो बारेमा सार्वजनिक रुपमा भएका चर्चा बारे आफू जानकार रहेको उल्लेख गर्नुभयो ।