मुख्य समाचार

शम्भुजीत बाँस्कोटालाइ रेडियो कान्तिपुरको लाइफ टाइम अचिभमेन्ट अवार्ड

- केएफएम डेस्ककाठमाडौं

रेडियो कान्तिपुरले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ संगीतकार एवम् गायक शम्भुजीत बाँस्कोटालाई विशेष सम्मान गरेको छ । 

बाँस्कोटा साँढे ५ दशक लामो गीतसंगीतको यात्रामा हुनुहुन्छ । अवार्ड कार्यक्रममा बाँस्कोटाले रेडियो कान्तिपुरबाट सम्मानित भएपछि नेपाली संगीतको उन्नयनमा लाग्ने थप उर्जा मिलेको बताउनुभयो ।

 अवार्डले आफूलाई मात्र नभई समग्र क्षेत्रलाई सम्मान गरेको उहाँको भनाइ छ । अवार्ड कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै हाँस्यकलाकार सुन्दर खनाल र सुजिता श्रेष्ठले आफ्नो प्रस्तुति दिएका थिए ।