मुख्य समाचार

खिम्ती खोला नजिकै पहिरोले सडक अवरुद्ध

- केदार शिवाकोटीदोलखा

पुष्पलाल लोकमार्ग अन्तगर्त रामेछाप र दोलखाको सिमाना खिम्ती खोला नजिकै पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । 

दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरोले पुष्पलाल लोकमार्ग भएर रामेछाप र दोलखाबाट राजधानी सहित सदरमुकाम आउजाउ गर्ने सवारी आगमन ठप्प भएको हो । 

पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । सो सडकखण्ड भएर गुड्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।