मुख्य समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिदैनः ओली

- केएफएम डेस्क काठमाडौं

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताउनुभएको छ ।

भण्डारी राजनीतिमा आउन हुन्छ या हुँदैन भन्ने निर्णय समेत नभएको अवस्थामा एमालेमा नेतृत्व दिन नसकिने ओेलीको भनाइ छ । पत्रकार विजयकुमार पाण्डेसँगको एक अन्तवार्तामा क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि उहाँको भूमिकाबारे एमालेले निर्णय गर्ने ओलीको भनाइ छ । भण्डारीले राजनीतिमा फर्किने निर्णय गर्नुअघि आफूसँग कुनै छलफल नगरेको ओलीले दावी समेत गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा सक्रिय हुने घोषणा गरेपछि एमालेभित्र तीव्र ध्रुविकरणको संकेत बढिरहेका बेला अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।