बामदेव गौतमा एकीकृत समाजवादीमा समाहित
- काठमाडौंएकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबिच एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच एकता भएको हो । गत शुक्रबार भएको सहमति अनुसार राष्ट्रिय एकता अभियानका संयोजक नेता बामदेव गौतम औपचारिक रुपमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पाटीमा समाहित हुनुभएको हो । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले आफू एक्लै समाहित नभएको बताउनुभयो ।
एमालेमा समाहित हुने तयारी गरेको चर्चा चलिरहेका बेला नेता गौतम समाजवादीमा समायोजन हुनुभएको हो । नेता गौतमसँग लामो समयको प्रयासपछि एकता सफल भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताउनुभयो । आगामी दिनमा समेत अन्य विभिन्न समूहलाई साथमा लिएर अघि बढ्ने उहाँको भनाई थियो ।
समान विचार भएका विभिन्न पार्टी एकीकरण गर्ने विषयमा दलहरुबीच छलफल चलिरहेका बेला एकीकृत समाजवादीले भने केपी शर्मा ओली नेतृत्वको एमालेसँग मिल्न नसकिने बताएको छ । एमालेसँग एकता सम्भावना नरहेको अध्यक्ष नेपालले बताउनुभयो ।
पार्टीमा समाहीत भएका नेता गौतमलाई तेस्रो वरीयताका साथै वरिष्ठ नेताको पद पनि दिइने भएको छ । अब एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेताका रुपमा झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम रहने छन् ।