मुख्य समाचार

बाढीले तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

- लक्ष्मी गौतमपाँचथर

निरन्तरको वर्षातका कारण बाढी आउँदा तमोर करिडोरको पाँचथर–धनकुटा र मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ ।

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेवा खोलामा बाढी आएर त्यहाँ निर्मित डाइभर्सनको सतह पार गरेपछि आइबार मध्यरातदेखि यो सडक अवरुद्ध भएको हो ।

यस्तै तमोर करिडोरमा पर्ने नावा खोलामा बाढी आएपछि यो खण्डमा सवारी वारपार गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार तमोर करिडोरको नावा खोलामा रहेको झोलुङ्गे पुलबाट मोटरसाइकल भने आउ जाउ भइरहेका छन् । हेवा खोलामा भएको अवरोध पानीको सतह घटनासाथ डाइभर्सन मर्मत गरेर खुलाइने सडक डिभिजन इलामले जनाएको छ ।