मुख्य समाचार

सिन्धुलीमा १६ जनाको एक हायू परिवार सम्पर्कविहीन

- राजकुमार कार्कीकाठमाडौं

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ६ मा १६ जनाको एक परिवार सम्पर्कविहीन भएको छ । स्थानीय उर्मीला हायू सहितको परिवार पछिल्लो ४ दिनदेखि सम्पर्कविहीन भएको हो । स्थानीय मोतिराज सापकोटाका अनुसार चारदिन अघि भएको एक भोज पछि उनीहरु सम्पर्क विहीन भएका हुन् । 

१५ मिनेटको दुरीमा रहेका छिमेकीहरुले पनि शुक्रबारदेखि नदेखेको बताएका छन् । यसैबीच इलाका प्रहरी कार्यालय खुर्कोटले प्रहरी र वडाध्यक्ष रविन श्रेष्ठ सहित घरमै पुगेर खोजतलाश गर्दा कोही नभेटिएको जनाएको छ । मध्यपहाडी राजमार्गबाट कटेरीमा पुग्न पैदल २ घण्टाको उकालो हिँड्नुपर्छ । वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जल्नुका साथै भाँडाहरु अस्तव्यस्त अवस्थामा छन् । 

भान्सा केही जलेको देखिएको प्रहरीले जनाएको छ । उनीहरुले पालेका पाँचवटा बाख्रा खोरमा भेटिएको तथा केही कखुरा समेत सो क्षेत्रमा भेटिएको छ । सिन्धुली प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन हायू परिवारको खोजतलाश भइरहेको बताउनुभयो । उहाँका अनुसार फोनको लोकशन पछिल्लो पटक रामेछापको मन्थली देखिएको छ ।