मुख्य समाचार

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची राखिएको छ । त्यस्तै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैबीच,आज संसदका विभिन्न चार वटा संसदीय समितिको बैठक पनि बोलाइएको छ ।