मुख्य समाचार

नेपाल बन्यो इन्टरनेशनल बिग क्याट एलायन्स (आईबीसीए) को सदस्य

काठमाडौँ । बाघ र हिम चितुवालगायत ७ प्रकारका ठूला बिराला प्रजातिको संरक्षण गर्ने इन्टरनेशनल बिग क्याट एलायन्स (आईबीसीए) को नेपाल आधिकारिक सदस्य बनेको छ । नेपालले सो संस्थाको फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर औपचारिक रूपमा सामेल भएको हो ।

 नेपाल सो संस्थामा सामेल हुनुले ठूलो बिरालोको संरक्षणका लागि विश्वव्यापी सहयोगमा प्रभाव पर्ने बताइन्छ । नेपालसहित झण्डै एक सय मुलुक सो संस्थाको सदस्य बनेको छ । सो संस्थाको सदस्य नबन्दै नेपालले बाघको संख्यामा उल्लेख प्रगति गरेको थियो । त्यसैले आईबीसीएको सदस्य बन्नुले बाघ चितुवालगायतको जनावरको संरक्षण र सम्वद्र्धनमा थप टेवा पुग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट एवम् सूचना अधिकारी हरिभद्र आचार्यले बताउनुभएको छ ।

पछिल्लो सन् २०२२ को तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । त्यस्तै, हिम चितुवाको ३९७ पुगेको छ । तर नेपालको ८० प्रतिशत भूभागमा बस्ने चितुवाको गणना भने हुन सकेको छैन । जनावर गणनाको विधि फरक किसिमको हुने र महङ्गो पनि पर्ने भएकाले चितुवाको गणना हुन नसकेको वरिष्ठ इकोलोजिष्ट आचार्यको भनाइ छ ।