ग्लोबल पिस इन्डेक्स २०२५ मा नेपाल ७६ औं स्थानमा
काठमाडौँ । शान्तिपूर्ण देशको सूचीमा नेपालले आफूलाई गत वर्षभन्दा चार स्थान सुधार गरेको छ । ग्लोबल पिस इन्डेक्स (जीपीआई) २०२५मा नेपालले ७६ औं स्थान हासिल गरेको हो ।
अष्ट्रेलियास्थित गैरसरकारी संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले १६३ मुलुकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा नेपालले आफ्नो पोजिसन क्रमिक रुपमा सुधार गरेको हो । सन् २००६ मा तत्कालीन विद्रोही समूह माओवादीसँग भएको वृहत् शान्ति सम्झौतायता नेपालले आफूलाई शान्तिपूर्ण मुलुकको रुपमा परिचित गराउँदै आएको छ ।
जीपीआईले तीन क्षेत्रहरूमा २३ सूचकहरू प्रयोग गरेरसामाजिकसुरक्षा, जारी द्वन्द्व र सैन्यीकरणलाई आधार मानेर राष्ट्र तथा क्षेत्रको सापेक्षिक शान्तिको मापन गर्दछ । समग्रमा नेपालले १ दशमलब ९८ को अंकका साथ दक्षिण एसियाको शान्तिमय राष्ट्रको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ । जसमा भूटान दक्षिण एशियाकैपहिलो शान्तिपूर्ण मुलुक बनेको छ ।
जीपीआईमा भुटानले २१ स्थानमा आइपुगेको छ । जीपीआईको पछिल्लो तथ्यांक हेर्दा दक्षिण एशियामा दोस्रो स्थान ल्याएर नेपालले क्रमिक रुपमा प्रगति गरेको देखिन्छ ।सो सूचीअनुसार सन् २०२१ मा नेपाल ८५ औं स्थानमा थियो भने सन् २०२२ मा ७३ औं स्थानमा थियो । सन् २०२२ देखि तीन स्थान घट्दा सानो झट्का जस्तो लाग्न सक्छ । तर विश्लेषकहरूले नेपालको समग्र अवस्था धेरै क्षेत्रीय मुलुकको तुलनामा लगातार स्थिर रहेको टिप्पणी गरेका छन् । सो प्रतिवेदनअनुसार भारत ११५ औँ स्थानमा छ ।