निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका झण्डै २ सय स्थानीय तहमा संघीय मन्त्रालयबाट व्यवस्थापन प्रक्रिया सुरु
काठमाडौँं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको स्थानीय तहलाई व्यवस्थापन गर्ने तयारी गरेको छ ।
लामो समयसम्म निमित्तको भरमा चल्दै आएका झण्डै २ सय स्थानीय तहलाई दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी अन्तिम सूची तयार गरेको हो ।
स्थानीय तहमा निमित्तको भरमा प्रशासन सञ्चालन गर्दा ऐन कानुन मिचिनुका साथै विभिन्नखाले विकृति आएको, चेन अफ कमाण्ड टुट्ने गरेको, सन्तुलन नमिलेको लगायतका निष्कर्षका साथ सो कदम चालिएको मन्त्रालयले जनाएको छ ।