मुख्य समाचार

रविको मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउन उच्च अदालत तुलसीपुरको आदेश

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ ।

आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउन आदेश गरेको हो । सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

सो निवेदनको आज भएको बहसपछि न्यायाधिश बिष्टको एकल ईजलासले जिल्ला अदालत रूपन्देहीको सक्कल मिसिल र कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरले बताउनुभयो ।

‘यसअघि रबीले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । यसअघि, लामिछानेले थुनामुक्त हुन गरेको माग जिल्ला अदालत रूपन्देहीले अस्वीकार गरेको थियो ।