सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय
- काठमाडौंसरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकले दर्ता हुन नमानेका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।
सरकारको निर्णय अनुसार फेसबुक, एक्स, इन्स्ट्रा ग्राम, युट्युव, रेडिट, स्न्याप च्याट, लिंक्डइन सहित २६ वटा सामाजिक सञ्जाल बन्द हुने भएका छन् । बन्द हुने सूचिमा “हाम्रो पात्रो” पनि छ । दर्ताका लागि पटक पटक आग्रह गरिएपनि ती सामाजिक सञ्जालका कम्पनीले अटेर गरेको मन्त्री गुरुङको भनाइ छ ।
मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिएको हो । सामाजिक सञ्जालका कारण देखा परेका समस्या समाधानका लागि नियमनको पहल गरिएको सरकारको भनाइ छ ।