आगामी निर्वाचनमा एकल बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी
- काठमाडौंप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ०८४ को आम निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
ललितपुरको गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले सरकारमा भएकाले चुनावमा हुने धाँधली रोकेर बहुमत ल्याउने दाबी गर्नुभएको हो ।
ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने पनि दाबी गर्नुभयो । एमालेलाई ध्वस्त बनाइदिने भन्नेहरुपनि जनताको समर्थनका कारण आफूहरु निर्णायक शक्ति बनेको बताउनुभयो ।