सूचिकृत नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द
- काठमाडौंसरकारको निर्देशन बमोजिम सूचिकृत नभएका फेसबुकसहितका सामाजिक सञ्जाल धमाधम बन्द हुन थालेका छन् ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेललगायतका प्रदायक संस्थाले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने क्रम सुरु गरिएको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिजो सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाका आधारमा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्ने निर्णय गरेको थियो । बन्द गरिएकामध्ये केही सामाजिक सञ्जालले सूचिकरणका लागि सञ्चार मन्त्रालयलाई सोधपुछ गरेको विवरणहरु सार्वजनिक भएका छन् ।