मुख्य समाचार

जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने

- केएफएम डेस्क काठमाडौं

सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि सिंहदरवारमा सरकारका सचिवहरुलाई सम्वोधन गर्ने क्रममा क्षतिपूर्तिबारे जानकारी दिनुभएको हो ।

मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय समेत सरकारले गरेको छ । यसैबीच, नवनियुक्त प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको छ ।

सानो आकारको मन्त्रीमण्डल बनाउने भनिएपनि मन्त्री बन्नेहरुको नाम टुंगो लागिसकेको छैन । यसअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।