सुमना श्रेष्ठद्वारा रास्वपा छाडेको घोषणा
- काठमाडौंपूर्व शिक्षामन्त्री एवम राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाकी नेता सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत आफुले पार्टी छाडेको जानकारी दिनुभएको हो । श्रेष्ठले पार्टी नेतृत्वले गल्ती नस्वीकार्ने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने अवस्था लगायतका कारण पार्टी छाडेको दावी गर्नुभएको छ ।
श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद समेत बन्नुभएको थियो । यसैबीच, पार्टीभित्र आन्तरिक विवाद चर्किदै जाँदा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । चौधरीले सामाजिक सञ्जाल मार्फत नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा गर्नुभएको हो ।
नयाँ अभियानमा साथ दिन कार्यकर्तालाई आग्रह गर्दै चौधरीले संसदबाट राजीनामा दिएर फेरि फिर्ता हुन जानेहरूसँग कुनै सम्झौता नहुने समेत बताउनुभएको छ ।