नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध
- चितवनअविरल वर्षाका कारण विभिन्न राजमार्गका सडक खण्ड अवरुद्ध भएका छन् ।
नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । निरन्तरको वर्षासंगै नारायणघाट–मुग्लिन सडक खण्डको मुग्लिननजिकै तुइनखोला छेउमा आज दिउँसो पुनःपहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरुद्ध भएको हो ।
पहिरो हटाउन उपकरण र प्राविधिकको टोली परिचालन भईसकेको डिभिजन सडक कार्यालयले जानकारी गराएको छ । सो ठाउँमा गएराति खसेको पहिरोले आज बिहानसम्म बाटो अवरुद्ध भएको थियो । बिहानएकतर्फि रुपमा बाटो खुलेपनिपुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
वर्षा भइरहेकाले थप पहिरो झर्ने जोखिम रहिरहेको हुँदा सावधानीकपूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन डिभिजन सडक कार्यालयले यात्रु र चालकलाई अपिल गरेको छ ।