नेपालमा शान्ति र स्थायित्व कायम गर्न निरन्तर सहयोग गर्ने भारतको भनाइ
- काठमाडौंदक्षिणी छिमेकी भारतले नेपालमा शान्ति र स्थायित्व कायम गर्ने निरन्तर सहयोग गर्ने बताएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको टेलिफोन कुराकानीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति र स्थायित्व कायम गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । सामाजिक सञ्जालमा लेख्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई भारतले सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।
मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना पनि प्रकट गर्नुभएको छ । त्यस्तै, उहाँले असोज ३ गतेको राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिनुभएको छ ।