सिंहदरवारभित्रका मन्त्रालयमा रंगरोगनको काम सुरु
- काठमाडौंआन्दोलनका क्रममा क्षति पुगेको सिंहदरवारभित्रका विभिन्न मन्त्रालयमा रंगरोगनको काम सुरु गरिएको छ ।
प्रदर्शनकारीले आगो लगाएर क्षति पुरयाएको अर्थ मन्त्रालयमा आजदेखि रंगरोगनको काम सुरु गरिएको हो ।
भदौ २४ को जेनजी प्रदर्शनका क्रममा देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ, गृह, ऊर्जा, शिक्षा लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा आगजनी गरिएको थियो ।
अर्थमन्त्रालयसँगै क्षति पुगेका अन्य मन्त्रालय र कार्यालयमा सरसफाइ गरी रङरोगन गरिने भएको छ ।