मुख्य समाचार

फागुन २१ चुनाव गर्न निर्वाचन आयोग तयार

- केएफएम डेस्ककाठमाडौं

निर्वाचन आयोगले आगामी फागुन २१ गते घोषित निर्वाचन गर्न तयार रहेको बताएको छ । चुनावी सरकारका गृहमन्त्री र सरकारी अधिकारीहरुसँगको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि तयारी शुरु भइसकेको बताउनुभयो । चुनावका लागि आफूहरु तयार रहेको भन्दै भण्डारीले बताउनुभयो ।

आयोगले मतदाता नामावली संकलनका लागि देखिएको कानूनी अड्चन हटाउनुपर्ने बताएको छ । त्यसका लागि सरकारले अध्यादेशमार्फत् ऐनमा सामान्य संशोधन गर्न सक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बताउनुभयो ।

यसैबीच, निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउन समेत ऐन संशोधन आवश्यक भएको बताएको छ । कानून संशोधनका लागि कार्यदल गठन गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो ।

मतदाता नामावाली ऐन अनुसार निर्वाचन मिति घोषणा भएपछि निर्वाचन प्रयोजनका लागि नाम दर्ता गर्न नमिल्ने भएकाले सो प्रावधान संशोधन गर्नुपर्ने भएको हो । प्रतिनिधि सभा निर्वाचनमा भदौ २७ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेले भोट हाल्न पाउने भएकाले सो ऐन संशोधन गर्ने सरकारको तयारी छ ।