मुख्य समाचार

जेनजी आन्दोलनः पूर्व न्यायाधीश कार्की नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन

- केएफएम डेस्ककाठमाडौं

सरकारले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत विद्युत प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख समेत हेरफेर गरेको मन्त्री अर्यालले बताउनुभयो ।

यसैबीच आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुनः निर्माणका लागि आयात हुने सामग्रीमा ५० प्रतिशत भन्सार छुट दिने समेत आजको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ ।