जेनजी आन्दोलनः घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता
- काठमाडौंअन्तरीम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले आज साँझ पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । सम्वोधनका क्रममा उहाँले जेनजी आन्दोलनका क्रममा नागरिकको मृत्यु भएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गर्नुभयो ।
यस्तै, उहाँले भ्रष्टाचारको अन्त्य, सुशासन अनि विकास अपेक्षा गरी भएको आन्दोलनको अभिव्यक्तिअनुसार सरकारले काम गर्ने दाबी गर्नुभयो ।