मुख्य समाचार

जेन जी आन्दोलनका ४६ जना घाइते अझै अस्पतालमा

काठमाडौं

जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा १६ जनाको उपचार जारी छ । त्यस्तै, सिभिल अस्पताल र वीर अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ भने काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल र त्रिभुवन युनिभर्सिटिमा ७/७ जना उपचाररत छन् । 

यस्तै, पाटन हस्पिटलमा ३, नेपाल पुलिस हस्पिटलमा २, नेपाल मेडिसिटि र कीर्तिपुर हस्पिटलमा एक/एक जनाको उपचार भईरहेको छ । यसैगरी, बी एण्ड बी हस्पिटलमा २, मनमोहन अस्पतालमा १, विराटनगरस्थित कोशी अस्पताल, विराट मेडिकल कलेज, विराट नर्सिङ होम र नोवेल मेडिकल कलेजमा एक/एक जनाको उपचार भइरहेको छ । 

मन्त्रालयका अनुसार आन्दोलनका दिन उपचारका लागि २ हजार ३ सय १६ जना घाइते विभिन्न अस्पतालमा पुगेका थिए । तीमध्ये ४८ जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।