जेनजी आन्दोलनका घाइतेको उपचारमा सरकारले प्राथमिकता दिन्छ : सञ्चारमन्त्री खरेल
काठमाडौंअन्तरिम सरकारका सञ्चारमन्त्री जगदिश खरेलले अस्पतालमा पुगेर घाइतेहरुलाई भेट्नुभएको छ । टिचिङ अस्पताल पुगेका मन्त्री खरेलले घाइतेहरुको अवस्थामा सुधार हुँदै गएको र उपचारलाई प्राथमिकता दिइएको बताउनुभयो ।
उहाँका अनुसार, प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुले पालैपालो घाइतेलाई भेट्ने व्यवस्था गरिएको छ । घाइतेको वास्तविक अवस्था बुझ्न पालैपालो भेट्ने गरिएको मन्त्री खरेलले बताउनुभयो ।
मन्त्री खरेलसँगको भेटमा केही घाइतेले आन्दोलनमा आफूहरुले उठाएको मुद्धा सम्वोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए । यसअघि प्रधानमन्त्री कार्की र अन्य मन्त्रीले विभिन्न अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेका थिए ।