मुख्य समाचार

प्रधानमन्त्री कार्कीले यसवर्ष दसैंको टीकाजमरा नलगाउने

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने बताउनु भएको छ । जेन–जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाएको भन्दै टीका नलगाउने बताउनु भएको हो । 

प्रधानमन्त्री कार्कीको सचिवलायले जारी गरेको विज्ञप्तीमा बडादसैं वर्षेनी हर्सोल्लासका साथ मनाउने पर्व भएपनि युवापुस्ताको हालै भएको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनुपरेको पीडामा टीका जमरा नलगाउने उल्लेख छ ।

 प्रधानमन्त्रीले बडादसैंको टीकाजमरा नलगाउने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । दसैंको शुभकामना सन्देशमा उहाँले सरकार तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको बताउनु भएको छ । 

उहाँले युवा पुस्ताको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गर्नु भएको छ । त्यस्तै उहाँले दसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने कामना गर्नु भएको छ ।