जेन–जी आन्दोलनः उच्चस्तरीय जाँचबुझ आयोगप्रति दलहरुको आशंका
- काठमाडौंजेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको निष्पक्षता माथि दलहरुले आशंका गरेका छन् ।
आयोगका पदाधिकारीको विगतका अभिब्यक्तिलाई लिएर दलका केही नेताले आयोगको निष्पक्षता माथि प्रश्न उठाएका हुन् । नेकपा एमालेले आयोगका संयोजक विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीले दलहरुलाई लक्षित गर्दै विगतमा दिएका अभिव्यक्ति माथि प्रश्न उठाउँदै छानबीन निष्पक्ष हुनेमा शंका गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले पनि विज्ञप्ती मार्फत राजनीतिक दलका नेता तथा कार्यकर्ता माथि पूर्वाग्रही र प्रतिशोधपूर्ण व्यवहार नगर्न आयोगलाई सचेत गराएको छ ।