मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले हनुमान ढोका दरबारका गुरु देवराज अर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गर्नुभएको हो ।

 यद्यपी, देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नराखिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो ।