चोभार गल्छी क्षेत्रको मन्त्री घिसिङद्वारा निरीक्षण
काठमाडौंअन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गर्नुभएको छ । सो गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरु एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो ।
मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ ।
उहाँहरुले नदी किनारका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित रहन र सम्भावित जोखिमका बेला सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।