मुख्य समाचार

माओवादी केन्द्रले निर्वाचन गर्न सरकारलाई सहयोग गर्ने

- केएफएम डेस्ककाठमाडौं


माओवादी केन्द्रले घोषित मितिमा निर्वाचन गराउन सरकारलाई सहयोग गर्ने जनाएको छ ।

सो पार्टीको आज बसेको सचिवालय बैठकले आगामी फगुन २१ मा हुने निर्वाचन सम्पन्न गराउनका लागि सहयोग गर्ने जनाएको छ । सचिवालय बैठकले गरेका निर्णबारे जानकारी दिँदै पार्टीका उपध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले घोषित मितिमा निर्वाचन गराउन पार्टीले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

यस्तै माओवादी केन्द्रले पछिल्लो पटकको प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुलाई राहत तथा पुर्नस्थापनामा ध्यान दिन सरकारको ध्यानकार्षण गराएको छ ।

आजको सचिवालय बैठकमा विचार मिल्ने विभिन्न राजनीतिक दलसंग एकताको विषयमा समेत छलफल भएको सापकोटाले जानकारी दिनुभयो । पार्टीको सचिवालय बैठक अब २ दिनपछि बस्नेछ ।