मुख्य समाचार

विपिन जोशी सहित २२ जना जीवित रहेको अनुमान

- केएफएम डेस्ककाठमाडौं

इजरायलले हमासको अपहरणमा परेका नेपालका विपिन जोशी सहित २२ जना बन्धक अझै जीवित रहेको हुन सक्ने जनाएको छ । 

पछिल्लो पटक सार्वजनिक भएको सूचीमा विपिनको नाम समावेश गरिएको समाचार संस्था एपीले जनाएको हो । पछिल्लो सूची सार्वजनिक भएसँगै विपिन जिवित रहेको अनुमान गरिएको छ । दुई दिन अघि सार्वजनिक सूचीमा भने विपिनको नाम परेको थिएन ।

 गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कृषि अध्ययनका लागि पुगेका बेला विपिन हमासको बन्धक बनेका थिए । 

अध्ययनका लागि इजरायल पुगेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको आक्रमणका क्रममा मृत्यु भएको थियो । जोशीका रिहाइका लागि अन्तर्राष्ट्रिय समूदाय र परिवारले समेत निरन्तर पैरवी गर्दै आएका छन् । इजरालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार २० देखि ४८ वर्ष उमेरका व्यक्तिहरु जीवित रहेको अनुमान गरिएको छ ।